सागर डिष्टिलरीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टै कोटामा आईपीओ जारी गरिसकेको छ।

Artha Kendra Artha Kendra
सोमबार, ३० भदौ २०८२, ११:१९ AM
फन्ट
सागर डिष्टिलरीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

३० भदौ, काठमाडौं — सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको प्राथमिक शेयर (IPO) भदौ ३ गतेदेखि असोज २ गतेसम्म खुला रहने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार कम्पनीले कुल ११ लाख ९० हजार ६४० कित्ता शेयर सार्वजनिक रूपमा बिक्री गर्न लागेको हो।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टै कोटामा आईपीओ जारी गरिसकेको छ।

यसअघि भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने योजना भए पनि देशको विषम परिस्थिति भएकाले स्थगित गरिएको थियो । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरमार्फत दिन सकिनेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.