बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट सोमबार हुने

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार बाँडफाँटको सम्पूर्ण प्रक्रिया तयारी अवस्थामा पुगेको छ।

Artha Kendra Artha Kendra
आइतबार, २९ भदौ २०८२, ४:४८ PM
फन्ट
बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट सोमबार हुने

२९ भदौ, काठमाडौं — बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्राथमिक शेयर (आईपीओ) सोमबार, भदौ ३० गते दिउँसो ४ बजे बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार बाँडफाँटको सम्पूर्ण प्रक्रिया तयारी अवस्थामा पुगेको छ।

कम्पनीको आईपीओमा कुल २५ लाख १२ हजार १२२ जनाले आवेदन दिएका छन्, जसअनुसार २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता सेयरको माग परेको छ। तर उपलब्ध कित्ता सीमित भएकाले २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुने निश्चित भएको छ। बाँडफाँटपछि ४ लाख ३४ हजार १०८ जनाले १०/१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्टै कोटामा आईपीओ जारी गरिसकेको थियो। दोस्रो चरणमा सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा सामूहिक लगानी कोष र कर्मचारी कोटालाई छुट्याएर बाँकी ४३ लाख ४१ हजार ८० कित्ता सेयर सार्वजनिक रूपमा बिक्री गरिएको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.