इटहरीमा जेनजी प्रदर्शन हिंसात्मक : दुईको मृत्यु, मेयरको कार्यकक्षमा आगजनी

प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २३ भदौ २०८२, ६:५ PM
फन्ट
इटहरीमा जेनजी प्रदर्शन हिंसात्मक : दुईको मृत्यु, मेयरको कार्यकक्षमा आगजनी

२३ भदौ, इटहरी — सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध इटहरीमा भएको जेनजी प्रदर्शन सोमबार हिंसात्मक बनेको छ। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ।

इटहरी उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएका विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरूले भ्रष्टाचार र डिजिटल नियन्त्रणविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। सुरुमा शान्तिपूर्ण रहेको आन्दोलन मध्याह्नतिर उग्र बन्दै गएपछि प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोड्दै मेयरको कार्यकक्षमा प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रशासनले दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ। प्रदर्शनकारीहरूले सुशासन, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै आन्दोलन चर्काएका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.