जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ९ पुग्यो

सोमबार, २३ भदौ २०८२, ३:० PM
post-image

२३ भदौ, काठमाडौं — सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलन हिंसात्मक बन्दै गएको छ। सोमबार संघीय संसद भवनअगाडि भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर हालसम्म ९ जनाको मृत्यु भएको छ।

मृतकहरू टिचिङ अस्पताल, काठमाडौं मेडिकल कलेज र सिभिल अस्पतालमा उपचाररत थिए। प्रदर्शनका क्रममा दर्जनौं घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

जेनजी समूहले सरकारको डिजिटल नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता हनन र सत्ताको मनोमानीविरुद्ध आवाज उठाउँदै आन्दोलन थालेका हुन्। आन्दोलनको समन्वय डिस्कर्ड र रेडिटजस्ता माध्यममार्फत गरिएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}