जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ९ पुग्यो
२३ भदौ, काठमाडौं — सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलन हिंसात्मक बन्दै गएको छ। सोमबार संघीय संसद भवनअगाडि भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर हालसम्म ९ जनाको मृत्यु भएको छ।
मृतकहरू टिचिङ अस्पताल, काठमाडौं मेडिकल कलेज र सिभिल अस्पतालमा उपचाररत थिए। प्रदर्शनका क्रममा दर्जनौं घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
जेनजी समूहले सरकारको डिजिटल नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता हनन र सत्ताको मनोमानीविरुद्ध आवाज उठाउँदै आन्दोलन थालेका हुन्। आन्दोलनको समन्वय डिस्कर्ड र रेडिटजस्ता माध्यममार्फत गरिएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.