कामना सेवा विकास बैंकले १५.७८ प्रतिशत लाभांश दिने
काठमाडौं, २३ भदौं ।कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफा तथा विगतका सञ्चित नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो। प्रस्तावअनुसार, बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५.७९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी १९औँ वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।
यससँगै, कामना सेवा विकास बैंक चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने विकास बैंकमध्ये पहिलो बैंक बनेको छ। गत वर्ष बैंकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत लाभांश प्रदान गरेको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.