सयपत्री हाईड्रोपावरले विद्युत नियमन आयोगबाट पायो ७४ प्रतिशत हकप्रद निष्कासन अनुमति

सयपत्री हाईड्रोपावर लिमिटेडलाई विद्युत नियमन आयोगले चुक्तापूँजीको ७४ प्रतिशत हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ।

Artha Kendra Artha Kendra
आइतबार, २२ भदौ २०८२, ३:२ PM
फन्ट
सयपत्री हाईड्रोपावरले विद्युत नियमन आयोगबाट पायो ७४ प्रतिशत हकप्रद निष्कासन अनुमति
काठमाडौं, २२ भदौं । सयपत्री हाईड्रोपावर लिमिटेडलाई विद्युत नियमन आयोगले चुक्तापूँजीको ७४ प्रतिशत हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ। आयोगले कम्पनीलाई उल्लेखित अनुपातमा हकप्रद निष्कासनका लागि भदौ २० गते पूर्वस्वीकृति दिएको हो।  
कम्पनीको २०८१ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको थियो। उक्त प्रस्ताव गत असार २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुमोदन गर्दै पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगसमक्ष पेश गरेको थियो।  
तर आयोगले कम्पनीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावलाई घटाएर ७४ प्रतिशत हकप्रद जारी गर्न पूर्वस्वीकृति दिएको हो।  
कम्पनीले ऋण तथा दायित्व भुक्तानीका लागि र दरमखोला ‘ए’जलविद्युत आयोजनाको मर्मत सुधारका लागि हकप्रद जारी गर्ने तायरी गरेको हो। 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.