एसवाई प्यानल लिमिटेडको पहिलो चरण आईपीओ भदौ २९ गतेदेखि खुला हुने
काठमाण्डौ । एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि पहिलो चरण अन्तर्गतको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि यस चरणमा आईपीओ खुला गर्ने तयारी गरेको हो।
नेपाल धितोपत्र बोर्डले भदौ १७ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो। सो अनुसार कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर (प्रति कित्ता अंकित मूल्य रु. १००) जारी गर्नेछ।
यस मध्ये ७ लाख ५८ हजार ७१९ कित्ता शेयर पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्टाइएको छ।
-
उद्योग प्रभावित क्षेत्र (चितवनको रत्ननगर नगरपालिका) का स्थानीय बासिन्दाका लागि २ लाख ६१ हजार ६२७ कित्ता शेयर छुट्याइएको छ। उनीहरूले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस समूहका लागि आईपीओ असोज १२ गतेसम्म खुला हुनेछ र आवश्यक आवेदन नपरेमा ढिलोमा असोज २७ गतेसम्म रहनेछ।
-
वैदेशिक रोजगारीमा रहेका नेपाली का लागि ४ लाख ९७ हजार ०९२ कित्ता शेयर छुट्याइएको छ। यस समूहले पनि न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीका लागि आईपीओ असोज १ गतेसम्म, आवश्यता अनुसार ढिलोमा असोज १२ गतेसम्म रहनेछ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाले रत्ननगरस्थित एसवाई प्यानल कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय, प्रभु बैंकका सौराहा र टाँडी शाखा तथा प्रभु क्यापिटलको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
प्रभु क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ। पहिलो चरणपछि कम्पनीले दोस्रो चरणमा ४० लाख ७६ हजार १५६ कित्ता शेयर आम सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.