झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला

झापा इनर्जी लिमिटेडले (JEL) आज (भदौ २० गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन तथा बिक्री खुला गरेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २० भदौ २०८२, २:३४ PM
फन्ट
झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं, २० भदौं ।झापा इनर्जी लिमिटेडले (JEL) आज (भदौ २० गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यस चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ लाख ७३ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन गरेको हो, जसको कुल मूल्य ४ करोड ७३ लाख ३३ हजार ६ सय रुपैयाँ हुन्छ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता स्थानीयलाई५७ हजार २९ कित्ता विदेशमा रहेका नेपालीहरुलाई बाँडफाँट भएको थियो। अब दोस्रो चरणमा सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ताकर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याइ बाँकी शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यस निष्काशनमा छिटोमा भदौ २४ गतेढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ।

इक्रा नेपालले झापा इनर्जीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

यस आईपीओको विक्रि प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका तोकिएका शाखा कार्यालयहरु वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.