सामाजिक सञ्जाल प्रतिबन्धपछि संसद् बैठक प्रसारणमाथि प्रश्न

सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयसँगै विभिन्न आशंका र बहस सतहमा आएका छन्।

Artha Kendra Artha Kendra
बिहिबार, १९ भदौ २०८२, ७:१० PM
फन्ट
सामाजिक सञ्जाल प्रतिबन्धपछि संसद् बैठक प्रसारणमाथि प्रश्न

सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयसँगै विभिन्न आशंका र बहस सतहमा आएका छन्। प्रतिबन्ध सूचीमा युट्युब (YouTube) समेत परेपछि संसद् बैठक प्रत्यक्ष प्रसारणको विषयले नयाँ तरंग ल्याएको छ।

यसअघि सरकार स्वयंले संसद् बैठकहरू युट्युब मार्फत प्रत्यक्ष प्रसारण गर्दै आएको थियो। यसले सर्वसाधारणलाई संसद्मा भइरहेका गतिविधि प्रत्यक्ष हेर्ने अवसर दिन्थ्यो। तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भन्छन्, संसद् बैठकजस्तो संवेदनशील कार्यका लागि नेपालमै सूचीकरण नभएको अन्तर्राष्ट्रिय प्लेटफर्ममा भर पर्नु सरकारको योजनागत कमजोरी हो। उनीहरूको भनाइमा, यस्तो प्रसारणका लागि सुरक्षित र दिगो स्वदेशी प्रणाली निर्माण गर्नु सरकारको प्राथमिकता हुनुपर्ने थियो।

“संसद् बैठकजस्तो महत्वपुर्ण कार्यलाई आफ्नै प्रणालीमार्फत सुरक्षित ढङ्गले प्रसारण गर्न नसक्ने सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु आफैंमा विरोधाभासी र लज्जास्पद छ,” एक सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरे।

पटक–पटक सूचना जारी गर्दा पनि सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा दर्ता नगरेको कारण आजदेखि युट्युब , फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ।

सम्बन्धित (पुरानो)
आजदेखि नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द, सूचीकृत मात्र चल्ने

सो म्याद सकिएपछि आज पुनः निर्णय गर्दै सूचीकृत नभएका सञ्जालहरू बन्द गरिने बताइएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.