आजदेखि नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द, सूचीकृत मात्र चल्ने

बिहिबार, १९ भदौ २०८२, ४:३३ PM
post-image

सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरूलाई आजदेखि नेपालभर बन्द गर्ने निर्णय गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्विटर (एक्स), ह्वाट्सएप लगायतका लोकप्रिय सञ्जालहरूलाई रोक लगाउने घोषणा गरेको हो।

मन्त्रिपरिषद्को २०८२ भदौ ९ गतेको निर्णयअनुसार सबै सञ्जाललाई एक साताभित्र सूचीकरणमा आउन निर्देशन दिइएको थियो। सो म्याद सकिएपछि आज पुनः निर्णय गर्दै सूचीकृत नभएका सञ्जालहरू बन्द गरिने बताइएको छ।

हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभले मात्र सूचीकरण प्रक्रिया पूरा गरेका छन्। यी पाँच सञ्जाल भने निरन्तर चल्नेछन्।

सूचीकृत नभएका बन्द गरिने सञ्जालहरूको सूचीमा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मी वी, भिके, लाइन, इमो, जालो र सोल रहेका छन्।

मन्त्रालयले सूचीकृत गरिएमा ती सञ्जालहरू पुनः सञ्चालनमा आउन सक्ने स्पष्ट पारेको छ।

Follow us on TikTok
Follow us on Viber

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}