इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्ने सरकारी योजना तत्कालका लागि स्थगित भएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १० भदौ २०८२, ६:२८ PM
फन्ट
इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, भदौ ९ — सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्ने सरकारी योजना तत्कालका लागि स्थगित भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले असोज १ गतेदेखि लागू हुने भनिएको निर्णयलाई फिर्ता लिँदै नयाँ सूचना जारी गरेको हो।

विभागले अब सवारीधनीहरूले आफूलाई अनुकूल समय छानेर यातायात व्यवस्था कार्यालयमा पुगेर इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्ने जनाएको छ। यसअघि विभागले प्रदेशस्तरीय कार्यालयहरूलाई असोज १ देखि अनिवार्य रूपमा इम्बोस्ड प्लेट जडान गराउन निर्देशन दिएको थियो।

तर, पूर्व तयारी र आवश्यक संरचना बिना निर्णय अघि बढाइएको भन्दै सर्वसाधारण, सवारीधनी तथा सरोकारवाला पक्षबाट तीव्र विरोध भएपछि विभागले निर्णय पुनरावलोकन गरेको हो।

सरकारको पछिल्लो निर्णयले सवारीधनीहरूलाई राहत मिलेको छ भने इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन अब स्वेच्छिक र सुविधाजनक समयअनुसार हुने भएको छ।

सम्बन्धित (पुरानो)
चार वर्षमा लाइसेन्स छाप्न नसक्ने सरकारको नयाँ जात्रा : इम्बोस्ड प्लेट अनिवार्य

नेपाल सरकार फेरि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न अग्रसर भएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.