सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आइतबार, १ भदौ २०८२, ११:२३ AM
post-image

काठमाडौ, १ भदौ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन आज (भदौ १ गते) रहेको  छ ।

 कम्पनीले कुल १४ लाख ५२ हजार कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २०० कित्ता यस समूहका लागि छुट्याएको हो।

निवेशकहरूले न्यूनतम १० कित्ता  देखि अधिकतम ७ हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन सिंगल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर एप प्रयोग गरी सहजै आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}