शिवश्री हाइड्रोपावरले भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ बराबर १ अनुपातमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ।

Artha Kendra Artha Kendra
आइतबार, १ भदौ २०८२, १०:५७ AM
फन्ट
शिवश्री हाइड्रोपावरले भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडौ, १ भदौ । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ बराबर १ अनुपातमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ। यसका लागि कम्पनीले धितोपत्र बोर्डबाट साउन ४ गते अनुमति प्राप्त गरेको थियो।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ साउन १६ गते बुकक्लोज गरिसकेको छ। त्यसअनुसार साउन १५ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ तोकिएको छ।

निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ भने लगानीकर्ताले सिटिजन्स बैंक इन्टरनेशनलका तोकिएका शाखा, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.