सिउरी न्यादी पावर लिमिटेडको साधारणसभाको मिति तय, आइपिओ ल्याउने

बिहिबार, १८ माघ २०८०, २:११ PM
post-image

सिउरी न्यादी पावर लिमिटेडले आफ्नो छैटौं तथा सातौं वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ९ गते काठमाडौंको लिसारा पार्टी प्यालेसमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले सर्वसाधारणमा साधारण सेयर (आइपिओ) जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भनिएको छ । कम्पनीले लमजुङ जिल्लामा ४०.२७ मेगावाटको सुपर न्यादी हाइड्रोपावर आयोजनाको निर्माण गरिरहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}