५४९ तोला सुन र ४४४ तोला चाँदीसहित ११ जना भारतीय पक्राउ

पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान कार्यालय बुटवलमा थप अनुसन्धानका लागि पठाइएको छ।

Artha Kendra Artha Kendra
सोमबार, २६ श्रावण २०८२, ६:२६ PM
फन्ट
५४९ तोला सुन र ४४४ तोला चाँदीसहित ११ जना भारतीय पक्राउ

पोखरा, कास्की — गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त ‘अपरेसन यलो मेटल’ अन्तर्गत पोखरामा अवैध सुनचाँदी कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ। उनीहरूबाट ५४९ तोला ४० लाल (६ किलो ४०० ग्राम) सुन, ४४४ तोला ७३.९ लाल (५ किलो ३ सय ग्राम) चाँदी र रु.५,१४,६६५ नगद बरामद गरिएको छ।

👮‍♂️ पक्राउ परेका व्यक्तिहरूको विवरण:

क्रम नाम उमेर स्थायी ठेगाना (भारत) हालको ठेगाना (पोखरा) बरामद सामग्री
राजेन्द्र रामचन्द्र जगताप ४१ महाराष्ट्र वडा नं. २ सुन ११ तोला २०.६ लाल, चाँदी २९६ तोला ३३ लाल, नगद रु.१,६०,५००
मनिक लाल आदक ४५ कोलकाता वडा नं. २ सुन १३ तोला १७ लाल, चाँदी १० तोला ५५ लाल
सन्दीप ढाव ३५ पश्चिम बंगाल वडा नं. १ सुन ३ तोला ८ लाल
सोमनाथ पाल ४१ कोलकाता वडा नं. २ सुन १२ तोला १२.७ लाल, चाँदी ९ तोला ५९.४ लाल
दीपक सामन्त ४७ पश्चिम बंगाल वडा नं. ४ सुन ३८ तोला ५ लाल, चाँदी ३० तोला ११ लाल
गोविन्दा दिण्डा ४७ पश्चिम बंगाल वडा नं. ३ सुन २१० तोला ८९ लाल
असित वर ३५ कोलकाता वडा नं. ९ सुन ८६ तोला ८७.१ लाल, चाँदी ३१.५ लाल
तापस सामन्त ४४ कोलकाता वडा नं. २ सुन २४ तोला १५ लाल
उज्वल भोमिक ३८ त्रिपुरा वडा नं. २ सुन ५ तोला ४६.९ लाल
१० सुनिता पवार ४० महाराष्ट्र वडा नं. ८ सुन २ तोला ५० लाल, चाँदी ९३ तोला ६१ लाल
११ प्रोभास माझी ४९ पश्चिम बंगाल वडा नं. २ -
 

💰 बजार मूल्य अनुसार:

  • सुनको मूल्य: रु.११ करोड १ लाख ४ हजार

  • चाँदीको मूल्य: रु.१० लाख ३९ हजार

पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान कार्यालय बुटवलमा थप अनुसन्धानका लागि पठाइएको छ। उनीहरू भारतबाट सुन ल्याई पोखरामा प्रशोधन गरी बेचबिखन गर्ने गिरोहका सदस्य रहेको खुलेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.