नारायणी डेभलपमेन्ट बैंकले पायो १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनको अनुमति

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, १६ श्रावण २०८२, १२:१४ PM
फन्ट
नारायणी डेभलपमेन्ट बैंकले पायो  १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। सेबोनले साउन १५ गते बैंकलाई हकप्रद शेयर निष्कासनको स्वीकृति दिएको हो।

बैंकले १ः१ अनुपातमा कुल २६ लाख २४ हजार ६७७ कित्ता शेयर जारी गर्न लागेको हो, जसको कुल रकम २६ करोड २४ लाख ६७ हजार ७ सय रुपैयाँ हुनेछ। यस हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी दोब्बर वृद्धि भई ५२ करोड ४९ लाख ३५ हजार ४ सय रुपैयाँ पुग्नेछ।

उक्त हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।

बैंकले हकप्रद शेयरमार्फत आफ्ना शेयरधनीहरूलाई थप लगानीको अवसर प्रदान गर्नुका साथै पूँजी आधार सुदृढ गर्ने लक्ष्य लिएको जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.