शिवश्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्न आज अन्तिम मौका

शिवश्री हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर भर्नका लागि आज अन्तिम दिन रहेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, १५ श्रावण २०८२, ९:५१ AM
फन्ट
शिवश्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्न आज अन्तिम मौका

काठमाडौं, श्रावण १५ – शिवश्री हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले श्रावण १६ गते बुक क्लोज गर्ने निर्णय अनुसार, आजसम्म शेयर किन्ने लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले श्रावण ४ गते कम्पनीलाई १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृति दिएको थियो। यस अनुसार कम्पनी हाल कायम चुक्तापुँजीको १०० प्रतिशतबराबरको हकप्रद शेयर निष्काशन गर्दैछ।

कम्पनीले रु. १०० अंकित दरमा १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो। यसले कुल रु. १ अर्ब ४७ करोड ६४ लाख बराबरको पूँजी संकलन गर्ने लक्ष्य लिएको छ।

हकप्रद शेयर बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटलले पाएको छ। नेप्सेमा आजसम्म कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

Shiva Shree Hydro Right Share Complete Details

Read this news in English

सम्बन्धित (पुरानो)
१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै शिव श्री हाइड्रोपावर, धितोपत्र बोर्डबाट स्वीकृति

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने स्वीकृति दिएको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.