१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै शिव श्री हाइड्रोपावर, धितोपत्र बोर्डबाट स्वीकृति

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने स्वीकृति दिएको हो।

Artha Kendra Artha Kendra
आइतबार, ४ श्रावण २०८२, १२:४५ PM
—
फन्ट
१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै शिव श्री हाइड्रोपावर, धितोपत्र बोर्डबाट स्वीकृति

काठमाडौं, साउन ४ — शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले चालु पुँजीको १०० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने स्वीकृति दिएको हो।

बोर्डबाट प्राप्त स्वीकृतिपछि अब कम्पनीले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गर्न सक्नेछ, जसको कुल मूल्य १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहनेछ। उक्त हकप्रद सेयर बिक्री तथा वितरणको व्यवस्थापनको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडले लिनेछ।

Company Name Shiva Shree Hydropower Limited
Right Share Ratio 1:1
Total Shares 1,47,64,000
Total Amount Rs 1,47,64,00,000
Approval Date 2082/04/04

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.