स्वस्तिक लघुवित्तको आईपीओ आवेदन दिने आज अन्तिम दिन

शुक्रबार, ९ श्रावण २०८२, १०:५९ AM
post-image

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि सार्वजनिक निष्कासन (IPO) को लागि आवेदन खुला गरेको थियो। यो आईपीओ विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि लक्षित गरिएको हो। आज शुक्रबार, श्रावण ९ गते, सो आवेदन दिन सकिने अन्तिम दिन हो।

कम्पनीले जारी पुँजीको ४० प्रतिशत को आधारमा कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर बिक्री गर्ने अनुमति पाएको हो। यसमध्ये १,१५५ कित्ता कर्मचारीहरूका लागि११,५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३,१०० कित्ता शेयर (२३ लाख १० हजार रुपैयाँको) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।

आवेदन दिन इच्छुक वैदेशिक नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ५,००० कित्ता सम्म आवेदन दिन सक्नेछन्। यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक भनेको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो।

उनीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट तथा मेरोशेयरबाट आवेदन दिन सक्नेछन्।

थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}