बन्दीपुर केबलकारको आईपीओ : आजदेखि स्थानीय र वैदेशिक नेपालीका लागि आवेदन खुला

आईपीओ बजारमा नयाँ आकर्षण: "बन्दीपुर केबलकारको प्राथमिक सेयर आजदेखि खुला – स्थानीय र वैदेशिक नेपालीलाई अवसर

Artha Kendra Artha Kendra
मंगलबार, ६ श्रावण २०८२, ९:१५ AM
फन्ट
बन्दीपुर केबलकारको आईपीओ : आजदेखि स्थानीय र वैदेशिक नेपालीका लागि आवेदन खुला

काठमाडौँ, साउन ६ — बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्राथमिकता दिँदै शेयर निष्कासन प्रक्रिया अघि बढाएको हो।

🏔️ स्थानीयहरूका लागि 

कम्पनीले तनहुँको बन्दीपुर गाउँपालिका, आबुखैरेनी गाउँपालिका, भानु नगरपालिका–१ र गोरखाको पालुङ्गटार नगरपालिका–७ का बासिन्दाका लागि कुल ५ लाख ६६ हजार कित्ता शेयर जारी गरेको छ, जसको मूल्य ५ करोड ६६ लाख रुपैयाँ बराबर हुनेछ। आवेदन कहाँ दिने?

  • कम्पनीको कार्यालय (तल्लो स्टेशन, बन्दीपुर–४)

  • सम्बद्ध गाउँ/नगरपालिकाका कार्यालयहरू

 

🌍 वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि

नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले पनि आईपीओमा सहभागी हुन सक्नेछन्। उनीहरूका लागि कम्पनीले ५ लाख २९ हजार ४ सय कित्ता सेयर (५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबर) सार्वजनिक गरेको छ। आवेदन गर्ने माध्यम

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.