अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनि लिमिटेडको दोस्रो त्रैमासिक आर्थिक विवरण सार्वजनिक

पौष महिनाको अन्तसम्म कम्पनीको चुक्ता  पुँजी रु. १.३५ अर्ब रहेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, १७ माघ २०८०, ९:४ PM
फन्ट
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनि लिमिटेडको दोस्रो त्रैमासिक आर्थिक विवरण सार्वजनिक

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनि लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक आर्थिक विवरण सार्वजनिक गरेको छ। रिपोर्टमा उक्त कम्पनीले यस अवधिमा आफ्नो खुद नाफामा  पूर्व आर्थिक वर्षको समान समयको तुलनामा ४७.९०% वृद्धि गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले खुद नाफा रु. ८.३९ करोड पुर्याएको छ। गत आर्थिक वर्षको यसै अबधिसम्म कम्पनीको नाफा  ५.६७ करोड रुपैयाँको रहेको थियो ।

खुद नाफा संगै  कम्पनीको प्रति शेयर आम्दानीमा पनि वृद्धि देखिएको छ। कम्पनीको प्रति शेयर आमदानी (ईपीएस) रु. ४.०३ बाट रु. १२.४३ मा वृद्धि भएको छ । कम्पनीको शेयर नेट वर्थ रु. ९९.८६ छ भने पी.ई. अनुपात २७.७४ रहेको छ। पौष महिनाको अन्तसम्म कम्पनीको चुक्ता  पुँजी रु. १.३५ अर्ब रहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.