सिटी होटललाई ८०% हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं, ४ श्रावण २०८२ — सिटी होटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन तथा बिक्रीको स्वीकृति प्राप्त गरेको छ। बोर्डले आज आइतवार अनुमति दिएको हो।
हाल होटलको चुक्तापुँजी १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ। अब कम्पनीले १:०.८० अनुपातमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ, जसअनुसार १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर सार्वजनिक गर्न पाइनेछ। यो निष्कासनको व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।
Company Name | City Hotel Limited |
Right Share Ratio | 1:0.80 |
Total Shares | 1,33,92,000 |
Total Amount | Rs 1,33,92,00,000 |
Approval Date | 2082/04/04 |