सरकारले बन्द गर्यो टेलिग्राम एप
काठमाडौं, साउन २ — सरकारले लोकप्रिय सामाजिक सञ्जाल एप टेलिग्राम बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै दूरसञ्चार सेवा प्रदायकलाई एपको सेवा अवरुद्ध गर्न औपचारिक निर्देशन दिएको हो।
प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ कि टेलिग्राममार्फत अनलाइन ठगीको घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्। साथै, मनी लाउण्डरिङ जस्ता गम्भीर आपराधिक क्रियाकलापमा एपको प्रयोग भइरहेको निष्कर्षमा पुगेपछि तत्काल पहुँच रोक्न कदम उठाइएको हो।
🔍 सूचनामा भनिएको छ:
“अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ।”
यस निर्णयसँगै नेपालमा टेलिग्राम सेवा पूर्ण रूपमा बन्द हुने प्राधिकरणले जनाएको छ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.