एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवा ठप्प, नयाँ आर्थिक वर्षको पहिलो दिनमै प्रणालीमा समस्या

बिहिबार, १ श्रावण २०८२, ११:१६ AM
post-image

काठमाडौं, साउन १ — नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिनमै एनआईसी एशिया बैंकका ग्राहकहरू सेवा अवरुद्ध भएको गुनासो गरिरहेका छन्। बैंकको मोबाइल बैंकिङसहितका डिजिटल सेवा प्रणालीहरूमा समस्या देखिएपछि हजारौं प्रयोगकर्ताहरू प्रभावित भएका छन्।

ग्राहकहरूका अनुसार बिहानैदेखि मोबाइल बैंकिङ एपमार्फत खाता ब्यालेन्स नदेखिने, क्युआर स्क्यान नगर्ने, तथा रकम ट्रान्सफर गर्न नपाउने समस्या देखिएको छ। यस्ता समस्या देखिँदा दैनिक कारोबारमा निर्भर व्यवसायी तथा ग्राहकहरूलाई कठिनाइ भएको छ।

बैंकले सामाजिक सञ्जालमार्फत सूचना प्रकाशित गर्दै सेवा प्रभावित भएको जानकारी दिएको छ।

नयाँ आर्थिक वर्षको पहिलो दिनमै यस्ता समस्या आउनुमा प्रयोगकर्ताहरूले बैंकको पूर्वतयारीप्रति प्रश्न उठाएका छन्। 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}