चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

काठमाडौं, २० असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्रागिरी हिल्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै रु २ लाख ९० हजार जरिवाना गरेको छ।
विभागले शुक्रबार चन्द्रागिरी हिल्सको अनुगमन गर्दा ऐनको दफा ३८ को 'ङ' र ३९ को १ को 'ख' अनुसार कारबाही गरेको हो।
विभागले सोही दिन ६ वटा अन्य स्थानमा पनि अनुगमन गरेको थियो। जसमा र्यान्स ट्रेडिङलाई व्यवसायसम्बन्धी कागजातसहित तीन दिनभित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ भने अन्य चार कम्पनीलाई सामान्य निर्देशन दिएर छोडिएको छ।