नेप्सेमा एक वर्षमा सर्वाधिक घटेका कम्पनीहरू कुन कुन हुन ?

मंगलबार, १७ असार २०८२, ५:३१ PM
post-image

काठमाण्डौ,  असार १७ - पछिल्लो एक वर्षमा शेयर बजारमा निकै उतार चढाव देखियो । नेप्से परिसुचक गत साल असारमा सबैभन्दा तल २०४२  को विन्दुमा रहेको थियो भने १ हजार अंकले बढ्दै २ महिनाको  अन्तराल  (भदौ)  मा ३०४२ को विन्दुसम्म पुगेको  थियो  ।  अहिले नेप्से परिसुचक २६५० माथिको  विन्दुमा रहको  छ  । यसरि हेर्दा नेप्सेमा उतार चढाब निकै देखिएको  छ । 

अब चर्चा गरौ पछिल्लो  १ वर्षमा नेप्सेमा सुचिकृत कम्पनीहरु मध्ये सबैभन्दा  धेरै घटेका १० कम्पनीहरु कुन कुन हुन ?

बलेफी हाईड्रो पावर लिमिटेड BHL

एक वर्षमा करिब ४० पतिशतले घटेको बलेफी हाईड्रो पावर लिमिटेड ५ सय २० बाट घटेर २०२ सम्म आएको थियो ।  आर्थिक वर्ष ०८१/०८२ को तेस्रो त्रैमासिकमा कम्पनीको आय प्रति सेयर (EPS) – ११.९१ रहेको छ ।  यस अवधिमा कम्पनीको मूल्य-आय अनुपात (P/E RATIO) –१८.३९ पुगेको छ । कम्पनीको प्रति सेयर बुक भ्यालु (BOOK VALUE) ७६.४५ रूपैयाँ रहेको छ भने (PBV) २.८६ रहेको छ  । यस वित्तीय विवरणले कम्पनी हाल घाटामा रहेको संकेत गर्छ ।

लाईफ ईन्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड LICN

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ, जसमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश समावेश छन् । यद्यपि कम्पनीको वित्तीय प्रदर्शन र शेयर बजार मूल्यले लगानीकर्ताको आत्मविश्वासमा असर परेको देखिन्छ । यसअघि कम्पनीले २०७६/७७ मा २१.०५ प्रतिशत लाभाशं वितरण गरेको थियो  । पछिल्लो एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य उच्चतम रु. २,४७५ बाट घटेर न्यूनतम रु. ८३० सम्म झरेको छ, जसले ३४.४५ प्रतिशत नकारात्मक प्रतिफल देखिएको छ  ।

तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी (EPS) ५.७२ रहेको छ, तर मूल्य-आम्दानी अनुपात (P/E RATIO) भने अत्यन्तै उच्च १५३.३२ पुगेको छ । त्यस्तै, प्रति शेयर बुक भ्यालु (BOOK VALUE) रु. १८९.९७ रहेको र मूल्य-बुक भ्यालु अनुपात (PBV) ४.६२ रहेको देखिन्छ ।

पोखरा फाइनान्स लिमिटेड PFL

पोखरा फाइनान्स लिमिटेड (PFL) को सेयर मूल्यमा पछिल्लो एक वर्षमा उल्लेख्य गिरावट आएको छ । कम्पनीको सेयर मुल्य १ वर्षमा प्र ३२.७८ प्रतिशत  गिरावट आएको  छ । वित्तीय विवरणअनुसार, कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ८.८७ रुपैयाँ रहेको छ भने हालको मूल्य अनुसार मूल्य-आम्दानी अनुपात (P/E RATIO) ४५.३२ छ । कम्पनीको बुक भ्यालु (BOOK VALUE) ४८.७५ रुपैयाँ रहेको छ, जबकि हालको बजार मूल्यको आधारमा मूल्य-बुक भ्यालु अनुपात (PBV) ८.२५ रहेको छ । गत ५२ साताको अवधिमा उच्चतम रु ७९४.९ र न्यूनतम रु. ३३९.९ को बिचमा कारोबार भएको छ । यद्यपि, यस वर्ष कम्पनीले कुनै पनि प्रकारको लाभांश घोषणा गरेको छैन ।

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड  DORDI

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य पछिल्लो एक वर्षमा ३१.०१ प्रतिशतले घटेको छ, जसले लगानीकर्तालाई चिन्तित बनाएको छ । कम्पनीको हालको आर्थिक विवरण हेर्दा प्रति सेयर आम्दानी (EPS) –२.४६ रहेको छ भने P/E Ratio –१३२.९३ पुगेको छ, जुन एकदमै नकारात्मक संकेत मानिन्छ । बुक भ्यालु रु. ९१.३० रहेको छ भने मूल्य-बुक भ्यालु अनुपात(PBV) ३.५८ रहेको छ, जसले कम्पनीको बजार मूल्य वास्तविक सम्पत्तिको तुलनामा धेरै रहेको देखाउँछ । पछिल्लो ५२ हप्तामा कम्पनीको सेयर मूल्य उच्चतम रु. ६९६ र न्यूनतम रु. ३००.१० भएको छ भने समायोजनपछि यो दायरा रु. ४६५ देखि रु. २४३ सम्म सीमित देखिन्छ । यी सूचकहरूले कम्पनीले हाल वित्तीय चुनौतीहरू भोगिरहेको स्पष्ट संकेत गर्छ ।

नेपाल फाइनान्स लिमिटेड NFS

नेपाल फाइनान्स लिमिटेडको सेयर बजार मूल्य गत एक वर्षमा २९.५६% को उल्लेखनीय गिरावट आएको छ। हाल कम्पनीको सेयर मूल्य ६१३.८९ रुपैयाँ कायम रहेको छ भने, यो मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कम हो । कम्पनीको आर्थिक वर्ष ०८१/०८२ को तेस्रो त्रैमासिकमा प्रति सेयर आम्दानी (EPS) ०.३१ रहेको छ। कम्पनीको मूल्य–आम्दानी अनुपात (PE/RATIO) १९८३.५५ छ भने, प्रति बुक भ्यालु १३७.१२ रहेको छ । यसका साथै मूल्य–बुक भ्यालु अनुपात (PBV) ४.४८ रहेको छ । गत ५२ हप्तामा नेपाल फाइनान्स लिमिटेडको सेयर उच्चतम मूल्य २,६१४.९ रुपैयाँ र न्यूनतम ५७६ रुपैयाँमा कारोबार भएको थियो । सबैभन्दा उच्च मूल्य २,६१४.९ रुपैयाँ रहेको छ । बजारमा आएको यो गिरावटले लगानीकर्ताहरूमा चिन्ता बढाएको छ भने, आगामी समयमा कम्पनीको आर्थिक प्रदर्शन र बजार स्थितिले कस्तो प्रभाव पार्नेछ भन्नेमा सबैको नजर रहेकोे छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड ILBS

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य एक वर्षमा २९.३४% ले घटेको छ । हाल कम्पनीको आम्दानी प्रति शेयर (EPS) ०.१८ रहेको छ भने यसको मूल्य–आम्दानी अनुपात (P/E RATIO) अत्यन्तै उच्च ४७८८.९४ रहेको छ ।कम्पनीको बुक भ्यालु (BOOK VALUE) १३७.७४ रुपैयाँ छ भने मूल्य-बुक भ्यालु अनुपात (PBV) ६.२ रहेको छ। यसले कम्पनीको शेयर बजारमा मूल्यांकन उच्च रहेको संकेत गर्दछ । गत ५२ हप्तामा कम्पनीको शेयर उच्चतम मूल्य १,३४२.३ रुपैयाँ र न्यूनतम मूल्य ७९५.२ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड NICL

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बजार मूल्य पछिल्लो एक वर्षमा २९.७ प्रतिशतले घटेको छ। कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा उच्चतम रु. १,१६२ बाट घटेर न्यूनतम रु. ५७० सम्म पुगेको देखिन्छ । कम्पनीको वित्तीय सूचकहरू हेर्दा, हाल कम्पनीको प्रति सेयर आम्दानी (EPS) रु. ९.३४ रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E RATIO)  ६२.२१ छ । यस्तै, कम्पनीको बुक भ्यालु (BOOK VALUE) रु. १६७.४५ रहेको छ र PBV अनुपात ३.४७ रहेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरिसकेको छ, जसअन्तर्गत १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश समावेश छ ।

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड HLBSL

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य गत एक वर्षमा २४.५७ प्रतिशतले घटेको छ । गत ५२ हप्ताको अवधिमा कम्पनीको सेयर मूल्य उच्चतम रु. १,४४७ बाट घटेर न्यूनतम रु. ८१७ मा झरेको देखिन्छ । हाल कम्पनीको प्रतिकित्ता आम्दानी (EPS) रु. २२.३ रहेको छ भने मूल्य–आर्जन अनुपात (P/E RATIO) ४३.५३ मा पुगेको छ । त्यस्तै, कम्पनीको बुक भ्यालु (BOOK VALUE) रु. १५९.२४ रहेको छ, र मूल्य-बुक भ्यालु अनुपात (PBV) ६.१ रहेको छ ।

जानकी फाइनान्स कम्पनी लिमिटेड JFL

जनकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य गत एक वर्षमा २३.८ प्रतिशतले घटेको छ। लगानीकर्ताहरूका लागि चिन्ताको विषय बनेको यो गिरावट कम्पनीको आर्थिक सूचकाङ्कहरूमा देखिएको कमजोर प्रदर्शनसँग जोडिएको देखिन्छ ।कम्पनीको प्रतिकित्ता आम्दानी (EPS) –२४.७८ रहेको छ, जसले कम्पनी घाटामा रहेको संकेत गर्छ । यसैगरी, यसको प्राइस टु अर्निङ अनुपात (P/E RATIO)  –१८.६ रहेको छ, जुन लगानीकर्ताका लागि नकारात्मक संकेत मानिन्छ । हाल जनकी फाइनान्सको बुक भ्यालु(BOOK VALUE) ३९.३१ रुपैयाँ रहेको छ भने प्राइस टु बुक भ्यालु (PBV) ११.७३ छ । गत ५२ हप्ताको अवधिमा कम्पनीको सेयर मूल्य रु. १,०८३.३ सम्म उक्लिएको भए पनि मूल्य रु. ४०० सम्म झरेको छ ।

गोर्खाज फाइनान्स लिमिटेड GUFL

गोर्खाज फाइनान्स लिमिटेडको सेयर मूल्य गत एक वर्षको अवधिमा –२३.७१% ले घटेको छ। आर्थिक वर्ष ०८१/०८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार, कम्पनीको आम्दानी प्रतिकपि (EPS) –९.५५ रहेको छ, जुन घाटाको संकेत हो । कम्पनीको बजार मूल्यांकन सम्बन्धी सूचकहरू हेर्दा, यसको मूल्य–आय अनुपात (P/E RATIO) –५५.६७ रहेको छ । यसले कम्पनी घाटामा रहेको देखाउँछ । हाल कम्पनीको बुक भ्यालु प्रति सेयर १४८.६५ रुपैयाँ रहेको छ भने मूल्य–बुक भ्यालु अनुपात (PBV) ३.५८ छ । गत ५२ सातामा गोरखाज फाइनान्सको सेयर मूल्य उच्चतम . १,०४१ र न्यूनतम . ५२१.५ झरेको  छ । यसबाट स्पष्ट हुन्छ कि बजारमा कम्पनीको मूल्यमा उच्च उतार–चढाव देखिएको छ। 

पछिल्लो एक वर्षमा धेरै कम्पनीहरुको शेयर मूल्यमा ठूलो गिरावट आएको छ। आर्थिक चुनौती र कमजोर प्रदर्शनले बजारमा नकारात्मक प्रभाव परेको छ। आगामी दिनमा सुधार नआएसम्म लगानीकर्ताले सतर्कता अपनाउनु जरुरी छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}