शेखर कोइरालाको कडा आपत्ति: “निजामती विधेयकमा गरिएको परिवर्तन संसद र जनताप्रति घोर अपराध हो”

संघीय निजामती सेवा विधेयकको अन्तिम मस्यौदामा गरिएको परिवर्तनप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गम्भीर आपत्ति जनाएका छन्।

Artha Kendra Artha Kendra
मंगलबार, १७ असार २०८२, ९:५७ AM
फन्ट
शेखर कोइरालाको कडा आपत्ति: “निजामती विधेयकमा गरिएको परिवर्तन संसद र जनताप्रति घोर अपराध हो”

काठमाडौं — संघीय निजामती सेवा विधेयकको अन्तिम मस्यौदामा गरिएको परिवर्तनप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गम्भीर आपत्ति जनाएका छन्।

शेखर कोइरालाले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै विधेयकमा अनधिकृत रूपमा गरिएको हेरफेरलाई “घोर अपराध” र “संसदप्रति अपमान” को संज्ञा दिएका छन्।

उनको भनाइ छ,
“सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो।”

शेखरले विधेयकमा गरिएको परिवर्तन तत्काल फिर्ता गर्न माग गर्दै भनेका छन्,
“यस प्रकरणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ।”

उक्त विधेयकमा प्रारम्भिक रूपमा निजामती कर्मचारीले अवकाश वा राजीनामा दिएको कम्तिमा दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारी नियुक्तिमा जान नपाउने प्रावधान राखिएको थियो। तर अन्तिम समयमा ‘कुलिङ पिरियड’ हटाइएको छ।

शेखर कोइरालाले थप चेतावनी दिएका छन्:
“कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन।”

उनको भनाइले कांग्रेसभित्रै विधेयकप्रति असन्तुष्टि चुलिएको स्पष्ट देखिएको छ, र आगामी दिनमा विधेयक संसोधनको माग थप तीव्र हुने संकेत देखिएको छ।

सम्बन्धित (पुरानो)
निजामती विधेयकमा ‘कुलिङ पिरियड’ हटाइएपछि सांसद चन्द्र भण्डारीको कडा आलोचना: “यो अक्षम्य अपराध हो”

उनले सम्बद्ध पक्षलाई परीक्षणको कसीमा उभ्याउनुपर्ने बताएका छन् र संसदीय प्रक्रियामै भएको छलछाम र धाँधली प्रति आक्रोश व्यक्त गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.