पुनर्बीमा कम्पनीहरुको न्युनतम चुक्तापुजी बढाउने

यस निर्णयले गर्दा पुँजी आवश्यकतामा पुनर्बीमा कम्पनीहरूले राइट शेयर जारी गर्न र बोनस शेयर बाँड्नुका साथै विभिन्न विकल्पहरू प्रयोग गर्न सक्नेछन ।

Artha Kendra Artha Kendra
बुधबार, १७ माघ २०८०, ६:५७ PM
फन्ट
पुनर्बीमा कम्पनीहरुको न्युनतम चुक्तापुजी बढाउने

नेपालको बीमा नियामक निकायले पुनर्बीमा कम्पनीहरूको न्यूनतम पुँजी बढाउने निर्णय गरेको छ। पुनर्बीमा कम्पनीहरूलाई एक वर्ष भित्र रु. २० अर्बको न्यूनतम पुँजी आवश्यकता पूरा गर्ने निर्देशन गरिएको हो। बुधबार बिमा नियामक बोर्डको बैठकले पुनबीमा कम्पनीहरूको लागि पुँजी वृद्धि गराउने योजना बनाउने निर्णय गरेको हो।

वर्तमानमा नेपालमा दुई पुनर्बीमा कम्पनीहरू, नेपाल रिन्स्योरेन्स र हिमालयन रिन्स्योरेन्स रहेका छन् । नेपाल रिन्स्योरेन्सको हालको पुँजी रु. १२.८१ अर्ब रहेको छ, भने हिमालयन रिन्स्योरेन्सको पुँजी रु. १० अर्ब रहेको छ । यस निर्णयले गर्दा पुँजी आवश्यकतामा पुनर्बीमा कम्पनीहरूले राइट शेयर जारी गर्न र बोनस शेयर बाँड्नुका साथै विभिन्न विकल्पहरू प्रयोग गर्न सक्नेछन ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.