नेदरल्याण्डलाई रोमाञ्चक खेलमा हराउँदै नेपालको शानदार जित

नेपालले नेदरल्याण्डलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक पुनरागमन गरेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, ५ असार २०८२, ११:११ PM
फन्ट
नेदरल्याण्डलाई रोमाञ्चक खेलमा हराउँदै नेपालको शानदार जित

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको पाँचौं खेलमा नेपालले नेदरल्याण्डलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक पुनरागमन गरेको छ। अघिल्लो खेलमा लगातार तीन सुपर ओभरपछि हार ब्यहोरेको नेपाली टोलीले यस पटक विशाल लक्ष्य पछ्याउँदै शानदार जित निकालेको हो।

नेदरल्याण्डले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। माईकल लेविटले ५३ बलमा ८६ रनको आक्रामक पारी खेलेका थिए भने रोलोफ भान डर मर्वेले २१ बलमा अविजित ३६ रन बनाए। नेपालका लागि करण केसीले दुई विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र रूपेश कुमार सिंहले समान एक–एक विकेट लिए।

१७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन उत्रिएको नेपालले १९.४ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेटायो। कुशल भुर्तेलले ५१ बलमा ६५ रनको उत्कृष्ट पारी खेले भने आरिफ शेखले २३ बलमा ३९ रन र भीम शार्कीले १६ बलमा २७ रन बनाए। टस जितेर बलिङ रोजेको नेपालले योजना अनुसार प्रदर्शन गर्दै उत्कृष्ट जित निकालेको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.