भिजिट भिसा काण्डमा रास्वपाको नयाँ विरोध शैली, नीलो रिबनको अर्थ के हो?

रिबनको रङ रास्वपाको झन्डाको नीलो रङसँग मेल खाए पनि यसको गहिरो अर्थ रहेको जनाइएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, ३ असार २०८२, ७:१ PM
फन्ट
भिजिट भिसा काण्डमा रास्वपाको नयाँ विरोध शैली, नीलो रिबनको अर्थ के हो?

काठमाडौं, असार ३ – भिजिट भिसाको नाममा भइरहेको अवैध मानव तस्करीका घटनाको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज प्रतिनिधिसभामा फरक शैलीको प्रदर्शन गरे।

केही दिनदेखि गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गर्दै आएको रास्वपाले आज नारा संगै सांकेतिक तर प्रभावशाली विरोध प्रदर्शन गर्‍यो। सांसदहरू आज घाँटीमा नीलो रिबन बाँधेर उपस्थित भए।

रिबनको रङ रास्वपाको झन्डाको नीलो रङसँग मेल खाए पनि यसको गहिरो अर्थ रहेको जनाइएको छ। सांसदहरूले प्रयोग गरेको नीलो रिबन मानव बेचबिखनविरुद्धको जनचेतनात्मक सन्देशको प्रतीक रहेको स्पष्ट पारेका छन्।

कांग्रेसका सचेतकको आपत्ति

रास्वपाको यो नयाँ विरोध शैलीप्रति नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आपत्ति जनाउँदै सभामुखसँग उनीहरूलाई सदनबाट निष्कासन गर्न आग्रहसमेत गरेका थिए। 

रास्वपाको प्रतिक्रिया

संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद तोशिमा कार्कीले भनिन्,
“संसदमा कुर्सी भाँच्ने, हुलदंगा गर्ने, माइक भाँच्नेहरूले हाम्रो शान्त र भद्र शैलीलाई अमर्यादित भन्नु सुहाउँदैन।”
उनले परम्परागत दलहरूलाई इंगित गर्दै व्यंग्य पनि गरिन्।

सर्वत्र प्रशंसा

रास्वपाले अवलम्बन गरेको विरोधको यो शैली अहिले सर्वत्र सराहना पाइरहेको छ। सामाजिक सञ्जालदेखि राजनीतिक विश्लेषकहरूसम्मले यसलाई मर्यादित, सन्देशमूलक र प्रभावशाली विरोधको उदाहरणको रूपमा लिइरहेका छन्।

सम्बन्धित (पुरानो)
रास्वपालाई संसदबाट निष्कासन गरौं : कांग्रेस सचेतक घिमिरे

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरूलाई संसदबाट निष्कासन गर्न आग्रह गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.