रास्वपालाई संसदबाट निष्कासन गरौं : कांग्रेस सचेतक घिमिरे
३ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरूलाई संसदबाट निष्कासन गर्न आग्रह गरेका छन्।
बैठक सुरु भएलगत्तै रास्वपाकी सांसद चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनको माग गरिन्। उनले यो समस्या ०६४ सालदेखि रहँदै आएको गम्भीर विकृति भएको पनि बताइन्।
उनको मन्तव्यपछि बोल्ने अवसर पाएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरूले निलो रिबन लगाएर संसदमा उपस्थित भएकोमा आपत्ति जनाए। उनले यो कार्य संसदको मर्यादा र कार्यसञ्चालन नियमावलीको उल्लङ्घन भएको दाबी गर्दै सभामुख देवराज घिमिरेलाई उनीहरूलाई बैठक कक्षबाट निष्कासन गर्न आग्रह गरे।
यसपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.