ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

सोमबार, २ असार २०८२, ११:५१ AM
post-image

काठमाडौं, २ असार ।  ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ।  अहिले बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन मिल्ने गरी सेयर बिक्रीमा ल्याएको हो। बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या उल्लेख गरी आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।.

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}