माबिलुङ इनर्जीलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं, असार १ । नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आइपीओ जारी गर्नेछ ।
यसमा लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । माबिलुङ इनर्जीले जारी पुँजीको ४८.९९९८ प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।