माबिलुङ इनर्जीलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको स्वीकृति

कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न अनुमति प्रदान

Artha Kendra Artha Kendra
आइतबार, १ असार २०८२, ६:६ PM
फन्ट
माबिलुङ इनर्जीलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं, असार १ । नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आइपीओ जारी गर्नेछ । 

यसमा लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । माबिलुङ इनर्जीले जारी पुँजीको ४८.९९९८ प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.