प्रतिनिधिसभा बैठक छाडेर बाहिरिए राप्रपाका सांसद

आइतबार, १ असार २०८२, २:१८ PM
post-image

आइतबारको प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरु बैठकको बीचमै बाहिरिएका छन्।

बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग अझै पूरा नभएकाले आफ्ना सांसदहरु बैठकमा सहभागी नहुने बताएका छन्। उनले सरकारले दादागिरी देखाउँदै सदन सञ्चालन गर्न खोजेको आरोप समेत लगाएका छन्।

उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु भने निरन्तर नाराबाजी गर्दै बेल घेराउ गरेर विरोध जनाइरहेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}