सभामुखले दादागिरी देखाएको राप्रपाको आरोप

आइतबार, १ असार २०८२, १:४६ PM
post-image

काठमाडौं, १ असार । सभामुख देवराज घिमिरेले प्रतिपक्षीले अबरोध गरिरहेको बेला संसद बैठक चलाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आलोचना गरेको छ । आफूहरूका माग बेवास्ता गरेर प्रतिनिधिसभाको बैठक चलाइनु ‘दादागिरी’ भएको टिप्पणी गरेको राप्रपाले भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने माग पुनः दोहोराएको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने विषय टुंगोमा नपुर्याइ संसद सुचारू गरेको भन्दै आपत्ति जनाएका छन। ‘संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ कि हुँदैन,” उनले भने, “यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, दादागिरी हो, दादागिरी बन्द गर्नुस् ।”

राप्रपा सांसद प्रतिनिधिसभा बैठकमा आफ्नो आसनमा उभिएका छन् भने रास्वपाका सांसदले वेल घेराउ गरे पनि सभामुख घिमिरेले संसद सुचारू गरे पछि राप्रपा र रास्वपा आक्रोशित भएका हुन् ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}