धनकुटाको कोशी, सिन्धुलीको कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्याे
रुपनी बजार क्षेत्र भएर बग्ने खान्दो खोलाको तटीय तथा डुवान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह
मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा पानी पर्ने क्रम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पानी परेपछि धनकुटाको कोशी, सिन्धुलीको कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गरेको छ । ती क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै सप्तरीको रुपनी बजार क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ । रुपनी बजार क्षेत्र भएर बग्ने खान्दो खोलाको तटीय तथा डुवान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
धनकुटा, सिन्धुली, सप्तरीसहित आज विभिन्न १५ जिल्लामा बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, सप्तरी, खोटाङ, काभ्रे, लमजुङ, कास्की, पर्वत, बाग्लुङ्ग, कैलाली र कञ्चनपुरका जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । त्यस्तै काठमाण्डौ उपत्यकाका ललितपुर र भक्तपुरमा पनि बाढीको मध्यम जोखिम छ ।
पूर्वी नेपालबाट गएको जेठ १५ मा प्रवेश गरेको मनसुन मध्य क्षेत्र हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँसम्म पुगिसकेको छ । कोशीसहित मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिम भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । पछिल्लो दुई/तीन दिनयता पानी पर्ने क्रम केही बढेको छ । विशेषगरी मनसुन सक्रिय भएका क्षेत्रमा निरन्तरजसो पानी परेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.