केदारनाथ धाममा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

आइतबार, १ असार २०८२, ९:५० AM
post-image

काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकप्टर दुर्घटनामा ७ जनाको ज्यान गएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको उक्त दुर्घटनामा एक बालकसहित सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ।

दुर्घटनामा परेको हेलिकप्टर आर्यन कम्पनीको हो, जुन देहरादूनबाट केदारनाथतर्फ जाँदै थियो। प्रारम्भिक जानकारीअनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको हो।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्स (पूर्व ट्विटर) मा लेख्दै रुद्रप्रयाग जिल्लामा भएको हेलिकप्टर दुर्घटनालाई “दु:खद घटना” भनेका छन्। उनका अनुसार घटनास्थलमा एसडीआरएफ (राज्य विपद् प्रतिकार्य बल) र स्थानीय प्रशासन उद्धार तथा अनुसन्धानमा खटिएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनाबारे सूचना नेपाली मूलका महिलाहरूले दिएका थिए। उनीहरू दुर्घटनाको बेला गौरीकुण्डमाथि घाँस काटिरहेका थिए र घटनास्थल देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए। नोडल अधिकारी राहुल चौबे र जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले उक्त जानकारी पुष्टि गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}