ट्रेड टावरको आईपीओ बाँडफाँट सम्पन्न, १८ लाखभन्दा बढी आवेदक खाली हात

ट्रेड टावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ।

Artha Kendra Artha Kendra
आइतबार, १ असार २०८२, ९:३० AM
फन्ट
ट्रेड टावरको आईपीओ बाँडफाँट सम्पन्न, १८ लाखभन्दा बढी आवेदक खाली हात

काठमाडौं । ट्रेड टावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ।

लक्ष्मी सनराइज क्यापिटलको बिक्री प्रबन्धकत्वमा आज बिहान साढे ९ बजे गौशालास्थित होटल क्रिष्टल पशुपतिमा आईपीओ बाँडफाँट गरिएको हो।

कम्पनीको आईपीओमा अत्यधिक चासो देखिएको थियो, जहाँ कुल माग ७.८२ गुणा बढी परेको थियो। मागभन्दा धेरै आवेदन परेपछि बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो।

आईपीओमा कुल २१ लाख ६९ हजार ८९१ जनाले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये ३ लाख २९ हजार ६५० जनालाई मात्र सेयर प्राप्त भएको छ भने १८ लाख ४० हजार २४१ जनाको हात रित्तो भएको छ।

यसअघि कम्पनीले जेठ १४ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गरेको थियो।

Check IPO Result From Here

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.