हिम स्टार उर्जा लिमिटेडको आइपीओ खुला : स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले भर्न पाउने

स्थानीयका लागि आवेदन अवधि असार १३ गतेसम्म र आवश्यक परे असार २८ गतेसम्म कायम रहनेछ। वैदेशिक श्रमिकका लागि भने असार १३ गते आइपीओ बन्द हुनेछ।

Artha Kendra Artha Kendra
शुक्रबार, ३० जेठ २०८२, ९:० AM
फन्ट
हिम स्टार उर्जा लिमिटेडको आइपीओ खुला : स्थानीय र वैदेशिक  रोजगारीमा रहेकाले भर्न पाउने

 

काठमाडौं, जेठ ३० – हिम स्टार उर्जा लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि आइपीओ बिक्री खुला गरेको छ।

कम्पनीले आफ्नो कुल जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। कुल सेयरमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित ओखलढुंगा र सोलुखुम्बुका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९३ लाख २५ हजार रुपैयाँ बराबरको ९३ हजार २५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ। यस आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीयका लागि आवेदन अवधि असार १३ गतेसम्म र आवश्यक परे असार २८ गतेसम्म कायम रहनेछ। वैदेशिक श्रमिकका लागि भने असार १३ गते आइपीओ बन्द हुनेछ।

 इक्रा नेपालले कम्पनीलाई ‘ICRA NP BB–’ रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.