सान्भी इनर्जीको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँट आज दिउँसो सम्पन्न भएको छ।

Artha Kendra Artha Kendra
सोमबार, २६ जेठ २०८२, ३:२५ PM
फन्ट
सान्भी इनर्जीको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं, २६ जेठ ।  सान्भी इनर्जी लिमिटेड (SANVI) को साधारण शेयर (आईपीओ) बाँडफाँट आज सम्पन्न भएको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय, ठमेल काठमाडौंमा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।

कम्पनीले जेठ ९ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

यस आईपीओमा उल्लेखनीय रूपमा रुचि देखिएको थियो। बिक्री प्रबन्धकका अनुसार कुल २० लाख ४३ हजार २४९ आवेदकले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ता शेयरको माग गर्दै आवेदन दिएका थिए। तीमध्ये ३ हजार ६७४ आवेदन रद्द भएका छन् भने २० लाख ३० हजार १५७ आवेदन वैध ठहरिएका छन्।

माग अत्यधिक रहेकाले गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। बाँडफाँटपछि कुल २ लाख ४१ हजार ५३० जना आवेदकले मात्र भाग्यशाली हुँदै १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी करिब १८ लाखभन्दा बढी आवेदक भने सेयर नपाएर खाली हात परेका छन्।

नतिजा हेर्ने तरिका:

सान्भी इनर्जीको आईपीओको नतिजा निम्न माध्यमहरूबाट हेर्न सकिन्छ:

  • नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको वेबसाइट: https://www.nsmbl.com.np/

  • सीडीएससीको पोर्टल: iporesult.cdsc.com.np

  • मेरो सेयर (Mero Share) एकाउन्ट

नतिजा हेर्नको लागि आफ्नो BOID वा अन्य विवरणहरू प्रविष्ट गर्नुपर्नेछ।

थप जानकारीको लागि: https://sharehubnepal.com/investment/upcoming-pubic-offerings/3391-ipo-general-public-sanvi-energy-limited

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.