स्कटल्याण्डसँगको रोमान्चक खेलमा नेपाल २ रनले पराजित, ओडिआईमा नेपालको सर्वाधिक रन
आइसिसी विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपाल २ रनले पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रन बनायो। जवाफी लक्ष्य पछ्याउने क्रममा नेपाल ५०औं ओभरको अन्तिम बलमा ३ सय २१ रनमै अलआउट हुँदै हारको सामना गर्नुपर्यो।
यो रन नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा बनाएको अहिलेसम्मकै उच्च योगफल हो। यसअघि सन् २०२३ मा ओमानविरुद्ध बनाएको ३१० रन नै नेपालको सर्वोच्च स्कोर थियो।
नेपालका लागि भीम सार्कीले ७३ रन, दीपेन्द्र सिंह ऐरीले ५६ रन, र सोमपाल कामीले ६७ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। भीमले आरिफ शेखसँग चौथो विकेटका लागि ९४ रनको साझेदारी गरे भने, दीपेन्द्र र सोमपालले सातौं विकेटका लागि १०५ रनको साझेदारी गर्दै नेपालको इनिङलाई जितको नजिक पुर्याए।
तर अन्तिम ओभरमा आवश्यक रन बनाउन नसक्दा नेपाल २ रनले पराजित भयो। करण केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए।
स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले १०२ रनको शतकीय इनिङ खेले भने माइकल लिस्कले अविजित ९६ रन बनाउँदै टोलीलाई बलियो स्कोरमा पुर्याए।
पछिल्लो १० ओभरमा नेपालले १२३ रन खर्चिँदा मात्र १ विकेट लिन सक्यो, जुन हारको मुख्य कारण बन्न पुग्यो।
यस खेलपछि लिग टु को अंकतालिकामा स्कटल्याण्ड १९ खेलमा २४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। नेपाल भने १५ खेलमा १० अंक जोड्दै सातौं स्थानमा सीमित छ।
लिग टु सम्पन्न भएपछि असार १ (१५ जुन) बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टि–२० आई सिरिज सुरु हुनेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.