संसद् अब त खुल्नुपर्ने हो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद् सुचारु हुने बताएका छन्

Artha Kendra Artha Kendra
बिहिबार, २२ जेठ २०८२, २:३२ PM
फन्ट
संसद् अब त खुल्नुपर्ने हो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद् सुचारु हुने बताएका छन्। जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले कांग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको समेत उल्लेख गरे।

‘कांग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरुलाई थाहै छ,’ देउवाले भने, ‘यो राम्रोसँग चलिरहेको छ। बजेटबाट कोही खुसी हुँदैनन्। आलोचना त भइरहन्छ, के भयो र? कतिपय कुराहरुमा असहमति होला तर भएपनि आखिर बजेट आएको छ। अब त खुल्नुपर्ने हो। अब खुल्छ। किन राजीनामा दिने भन्या?’

वर्तमान सरकार ०८४ सम्मै राम्रोसँग सञ्चालन हुने समेत उनको दाबी छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.