माधव नेपालको सांसद पद निलम्बन

भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, २२ जेठ २०८२, २:८ PM
फन्ट
माधव नेपालको सांसद पद निलम्बन

काठमाडौं, २२ चैत ।  भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ ।

पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो ।

माधवकुमार नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको छ । काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान अनुसार उनी निलम्बनमा परेका हुन् ।

नेपाल निलम्बनमा परेको आधिकारिक पत्र प्राप्त भए पछि सभामुखले सदनलाई जानकारी गराउने छ ।
 

सम्बन्धित (पुरानो)
पूर्वप्रधानमन्त्री माधव नेपालमाथी १८ कराेड बढीकाे भ्रष्टाचार मुद्दा

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.