तेह्रथुम पावरको १००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

आइतबार, ४ जेठ २०८२, १:४० PM
post-image

काठमाडौं, ४ जेठ । तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) को १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मिति आज आइतबार, जेठ ४ गते रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि भोली, जेठ ५ गते बुक क्लोज गर्ने भएकोले, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न योग्य हुनेछन्।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेअनुसार, कम्पनीले हालको चुक्ता पुँजी ४० करोड रुपैयाँमा १ः१ अनुपातमा हकप्रद सेयर अर्थात ४० लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ दरले जारी गर्नेछ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

यस हकप्रद सेयरको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले हकप्रदबाट उठ्ने पूँजी खोरुंगा ताङमाया खोला जलविद्युत आयोजना निर्माणमा प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}