हिमालयन रि-इन्स्योरेन्सले ४.७४ प्रतिशत लाभांश घोषणा गर्‍यो

मंगलबार, २३ बैशाख २०८२, २:२६ PM
post-image

काठमाडौँ, २३ वैशाख ।  हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ४.७४ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा ४.५० प्रतिशत बोनस सेयरकर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

उक्त प्रस्तावित लाभांश बीमा नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण गरिनेछ।

हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो वर्ष २०७९/८० को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}