३ मोटरसाईकलसहित भन्सार छलीको समान पक्राउ
रौतहट १३ बैशाख। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले चेकजाँचको क्रममा ३ थान मोटरसाईकल र ४ साईकल सहीत लाखौँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
सीमावर्ती भारतीय बजारबाट करिदगरी भित्रयाइँदै गरेको तिनलाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्स सहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसाद ले न्युज कारखाना लाई बताएका छन्।
बरामद सामान सहित सवारी साधन आवशयक कारवाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित तस्करी नियन्त्रण अभियानले जिल्लामा अबैध सामानको संस्थागत तस्करी भएको देखिन्छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.