तीनकुने घटनाः पत्रकार रजक र महर्जनका परिवारलाई १०-१० लाख राहात दिइने

बुधबार, १० बैशाख २०८२, ६:२८ PM
post-image

काठमाडौं, १० बैशाख । राजावादीहरूको हिंस्रक आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारले १०–१० लाख क्षतिपुर्ति दिने भएको छ ।

गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने भएको हो ।

गत सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}