स्वरोजगार लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेप्सेमा सूचीकृत स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन हो ।

Artha Kendra Artha Kendra
बुधबार, १० बैशाख २०८२, १०:३३ AM
फन्ट
स्वरोजगार लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ, बैशाख १० । नेप्सेमा सूचीकृत स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि वैशाख ११ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज वैशाख १० गतेसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् । 
संस्थाले गत वर्षको नाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले वैशाख २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.