स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बुधबार, १० बैशाख २०८२, १०:४२ AM
post-image

काठमाडौ, बैशाख १० । नेप्सेमा सूचीकृत स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि वैशाख ११ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज वैशाख १० गतेसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् । 
कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले वैशाख १९ गते वार्षिक साधारण बोलाएको छ । सभा स्वाभिमानको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}