ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेको जेठ १ गते साधारण सभा, आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुने

काठमाडौ, बैशाख १० । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेको आगामी जेठ १ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले वैशाख २५ गते बुक क्लोज गर्ने भएको छ ।
सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा बिहान सवा ९ बजे सुरु हुनेछ ।